‘जात्रै जात्रा’को ‘माया पिरिम’ गीत सार्वजनिक

फिल्म ‘जात्रै जात्रा’को ‘माया पिरिम’ बोलको गीत सार्वजनिक भएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै गीत सार्वजनिक गरिएको हो । गीत सार्वजनिकसँगै फिल्मको प्रर्दशन मिति हेरफेर गरिएको छ । पहिला फिल्मले वैशाख २७ गते प्रर्दशन मिति तय गरेको थियो भने अब यो फिल्म जेठ ३ गते ‘विर विक्रम २’ सँगै प्रर्दशन हुँदैछ । गीतको भिडियो हेर्नुस्ः

निशान भट्टराई र मनिषा पोखरेलको स्वर रहेको गीतमा वर्षा राउत, विपिन कार्की, करिश्मा मानन्धर, निश्चल बस्नेत, सारा सिल्पाली, दयाहाङ राई, रविन्द्र झा फिचर्ड छन् । बैवाहिक माहोललाई तताउनको लागि करिश्मा, निश्चिल र सारा पुगेका हुन् । लेखु सहयात्रीको शब्द रहेको गीतमा कृष्ण भारद्वाजले संगीत भरेका छन् । संगीत समायोजन रिकेश गुरुङको रहेको छ भने कोरियोग्राफी कविराज गहतराजको रहेको छ ।

प्रदिप भट्टराईले निर्देशन गरेको फिल्ममा वर्षा राउत, विपिन कार्की, दयाहाङ राई, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, प्रकाश घिमिरे, सोहित मानन्धर, कालु राना, कृष्ण भक्त महर्जन लगायत कलाकारहरुको अभिनय रहेको छ । शिव राम श्रेष्ठले खिचेको फिल्मलाई मित्र डि गुरुङले सम्पादन गरेका छन् । फिल्मको कथा निर्देशक भट्टराईले नै तयार पारेका हुन् । यो भिडियो हेर्नुस :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha