‘पुरानो शैलीको प्रचारले फिल्म चलेनन्’ : निश्चल बस्नेत

चैतको पहिलो सातासम्म सत्तरी बढी फिल्महरु प्रदर्शनमा आइसकेका छन् । धेरै फिल्म प्रदर्शनमा आएपनि व्यावसायिक रुपमा सफल हुने फिल्म भने थोरै छन् । किन नेपाली फिल्मले दर्शकलाई हलसम्म आकर्षित गर्न सकिरहेका छैनन् त ? निर्देशक, निर्माता तथा कलाकार निश्चिल बस्नेत यसको दोष पुरानो प्रचार प्रसार शैलीलाई दिन्छन् । भिडियो हेर्नुस :

उनले फिल्म प्रचारमा नयाँ शैली अपनाउन नसकेर फिल्म नचलेको फिल्म जात्रै जात्रा को गीत रिलिज कार्यक्रममा गरेका हुन् । उनी भन्छन्, ‘अहिले हामी सबैले नेपाली फिल्म नचलेको महसुस गरिरहेका छौं । फिल्म बनाउदा फिल्मकर्मीहरुले कति मिहेन्त गरेको हुन्छ । दर्शकलाई थाहा नहुन सक्छ । कुनै पनि फिल्मकर्मीले फिल्म फ्लप होस् भनेर बनाउँदैनन् । सबैले आफ्नै तरिकाले मिहेनत गरिरहनु भएको छ । तर फिल्मकर्मीले दर्शकलाई चित्त बुझाउन सकेका छैनौं । हामी कहाँ चुकेका छौं त्यो खोजी गर्न जरुरी छ ।’

फिल्म जात्रै जात्रा को गीत रिलिज कार्यक्रममा उनले थप्दै भने, ‘दर्शकहरुले हामीलाई जुन विश्वास गर्नु भएको थियो । त्यो विश्वास गुमाउँदै छौं । राम्रो फिल्म बनाउनुको साथै राम्रो फिल्म बनेको छ भनेर दर्शकले थाहा पाउन जरुरी छ । त्यसैले फिल्म प्रचारमा नयाँ शैली अपनाउन जरुरी छ । अहिले फिल्मको प्रचार प्रसार एकै शैलीमा भइरहेको छ । त्यसले यो फिल्म आउँदै रहेछ भन्ने त थाहा हुन्छ तर फिल्म हेर्न जाऊँ जस्तो बनाउने काम फिल्मकर्मीको हो । त्यसैले हामी फिल्मकर्मीहरुले त्यस्ता माध्यम खोज्नुपर्छ ।’

निश्चलले भने जस्तो प्रचार प्रसार फिल्म चलाउने गतिलो माध्यम हो तर सबथोक होइन् । प्रचार प्रसार सहित फिल्म राम्रो बनेमा दर्शक स्वतः हलसम्म पुग्छन् भन्ने उदाहरण प्रशस्तै छन् । निश्चिलले नै निर्देशन गरेको फिल्म ‘लुट’ प्रचार प्रसार बिना सुपरहिट भएको थियो । किनकी युवा जमातले ‘लुट’ लाई निकै रुचाएका थिए । यसैले राम्रो फिल्म बनाएर भव्य प्रचार प्रसार गर्ने कि ?

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha