‘प्रेम लीला’ की दिपशिखाको कहानी (लिरिकल गीत)

फिल्म ‘प्रेम लीला’को लिरिकल भिडियो ‘सबको काहानी उस्तै’ गीत सार्वजनिक भएको छ । शोभा पाण्डेको स्वर रहेको गीतमा महेश खड्काको संगीत र डा.कृष्णहरी बरालको शब्द रचना रहेको छ । लिरिकल भिडियो हेर्नुस् :

लभ स्टोरी जनराको फिल्ममा दिपशिखा खड्का र मौसम खड्का, भारतीय मोडल अली खानको साथै प्रभाकार शर्मा, रेखा शाह, सुरज तमु लगायत कलाकारहरुको अभिनय रहेको छ । फिल्मको कथा र पटकथा अभिनेत्री खड्काले नै तयार पारेकी हुन् ।

नानीमैया कार्की र फैजिल फिल्म्सको सहकार्यमा फिल्म निर्माण भएको छ । पवन गौतमले छायांकन गरेको फिल्मलाई चन्दन दत्त र सालिक दुलालले सम्पादन गरेका छन् । डा. कृष्णहरी बरालको शब्द, हरी लम्सालको संगीत रामजी लामेछानेको कोरियोग्राफी रहेको छ । फिल्म चैत ८ रिलिज हुँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha