मनकारी माल्भिका : गरिब एवं जेहेनदारलाई छात्रवृत्ति

पूर्व मिस नेपाल माल्भिका सुब्बाले शैक्षिक सहयोग गरेकी छिन् । लुम्बिनी एकेडेमिक कलेजको सहकार्यमा ‘माल्भिका छात्रवृत्ति’ घोषणा गरिएको छ । लुम्बिनी एकेडेमिक कलेजमा अध्ययन गर्ने दुई जना गरिब एवं जेहेनदार छात्रालाई पूर्ण रुपमा छात्रवृत्ति घोषणा गरिएको हो ।

चाबहिल चुच्चेपाटी स्थित कलेज परिसरमा बिहीबार आयोजित एक कार्यक्रममा पूर्व मिस नेपाल सुब्बा र कलेजका प्रिन्सिपल रविनचन्द्र कोइरालाले उक्त घोषणा गरेका हुन् । छात्रवृत्ति पाउनेमा कक्षा ११ मा अध्ययनरत सोलुखुम्बु नाम्चेबजारकी पासाङ कान्छी शेर्पा र ओखलढुंगाकी तिलिमाया दर्जी छन् । आर्थिक अवस्था कमजोर रहेका उनीहरुलाई दुई वर्षको पूर्ण छात्रवृत्ति प्रदान गरिएको कलेजका प्रिन्सिपल कोइरालाले बताए ।  उक्त अवसरमा पूर्व मिस नेपाल सुब्बाले छात्रवृत्ति प्रदान गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिइन् । ‘छात्रवृत्ति पाउने विद्यार्थीले पढेर समाज एवं देशको विकासमा महत्त्वपूर्ण योगदान गरेको देख्न पाऊँ,’ उनले भनिन, ‘त्यसो भयो भने हामीले सन्तुष्टिको अनुभूति गर्नेछौं ।’

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha