सप्तरीका बाढी प्रभावितलाई महको मल्हम

चलचित्र कलाकार संघको संयोजकत्वमा सप्तरी जिल्लामा पर्ने रामपुरा क्षेत्रका बाढी प्रभावित मुसहरलाई राहत वितरण गरिएको छ । बरिष्ठ कलाकारद्वाय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको हातबाट आइतबार करिब दुई सय परिवारलाई राहत सामग्री वितरण गरेका हुन् ।

महासविच सरिता लामिछानेको संयोजकत्वमा त्यहाँ पुगेको कलाकारको टोलीले बाढी प्रभावित एक एक मुसहर परिवालाई दुई सातासम्म पुग्ने खाद्यन्न, झुल, मण्डि तथा अन्य लत्ताकपडा वितरण गरे । कलाकारको टोलीमा मह जोडी, महासचिव लामिछाने, लक्ष्मी गिरी, शिवहरी नेपाल,कविता शर्मा, बर्षा राउत, कुशल थापा लगायत थिए ।

कलाकारहरुको राहतसँगै डा.रविन्द्र पाण्डेले फ्रि हेल्थ क्याम्प समेत चलाए । सप्तहरीमा आएको बाढीका कारण एक लाख भन्दा प्रभावित भएका छन् चार जनाको निधन भएको छ भने एक जना घाइते भएको सिडियो कार्यालयले जानकारी दिएको छ । भिडियो हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha