सर्लाहीका बाढी प्रभावितलाई राजेश हमालको राहत

महानायक राजेश हमालले बाढी प्रभावित जिल्ला सर्लाही पुगेका छन् । सर्लाहीमा पुगेर महानायक हमालले त्यहाँको सकरौल, शिवनगर, बिनगर्राका बाढी प्रभावित एक सय पचास परिवारलाई २० किलो चामल, ५ किलो दाल, १ लिटर तेलको दरले अन्य खाद्य सामग्री र वृद्धवद्धालाई ओढ्ने वितरण गरेका हुन् । जिल्ला प्रशासन कार्यालय, प्रहरी प्रशासन र स्थानियसँगको सहकार्यमा महानायकले राहत वितरण गरेका हुन् । बाढी प्रभावित क्षेत्र सर्लाहीमा पुगेका राजेश हमालका केही तस्बिरहरु हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha