यस्तो बनेर आयो ‘छक्का पञ्जा २’ को दोश्रो गीत (भिडियो)

बहुप्रतिक्षित फिल्म ‘छक्का पञ्जा २’ को दोश्रो गीत रिलिज भएको छ । किरण कंडेलको संगीत, उत्तम संजेलको शब्द , हरिवश आचार्य र आस्था राउतको स्वर रहेको झ्याम्म झ्याम्म बोलको गीतमा दिपकराज गिरी, प्रियंका कार्की, विल्सन विक्रम राई र बुद्धि तामाङले नृत्य गरेका छन् । पुरुषोत्तम प्रधानको सिनेम्याटोग्राफी र कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियो यस्तो छ :

दिपाश्री निरौला निर्देशित फिल्म छक्का पञ्जा २ असोज ११ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्ममा दिपक, प्रियंका र बुद्धिसँगै केदार घिमिरे, जितु नेपाल, बर्षा राउत, स्वस्तिमा खड्का र स्वरुप पुरुष ढकालको अभिनय छ । फिल्म निर्माणमा दिपक र दिपासँग निर्माता विकास आचार्यले पनि सहकार्य गरेका छन् । फिल्मको पहिलो गीत नाइलनको साडीमाले चर्चा पाइसकेको छ । Making Video :

 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha