चितवनमा ‘पञ्चायत’ रेड कार्पेट प्रिमियर

पञ्चायत कालको कथा वस्तुलाई उतारिएको फिल्म ‘पञ्चायत’ को गत बिहिबार चितवनमा रेड कार्पेट प्रिमियर गरिएको छ । अभिनेता सरोज खनाल र नायिका निशा अधिकारीको उपस्थितिले प्रिमियर शोको शोभा बढेको थियो ।

अभिनेता खनाल र नायिका अधिकारी सहित ‘पञ्चायत’ को प्रिमियरमा निर्देशक शोभित बस्नेत, बिमल पौडेल, लय संग्रौला, नायक गजित विष्ट, जाहान्वी बस्नेत, गणेश गिरी, किरण थापा, विशाल पहरी, ऋद्धि चरण श्रेष्ठ, पर्साद श्रेष्ठ, पुष्प आचार्य, विरेन डिसी लगायतका कलाकारहरु सहभागी थिए । प्रिमियरमा सहभागीले ‘पञ्चायत’ को कथावस्तु र कलाकारको अभिनयको तारिफ गरेको निर्माता समेत रहेका सञ्चारकर्मी रवि अधिकारीले बताए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha