श्वेताले बनाउँदै गरेको माझी बस्तीलाई २० लाख सहयोग

नायिका श्वेता खड्काको संयोजकत्वमा श्वेताश्री फाउण्डेशनले निर्माण गर्दै गरेको एकिकृत नमुना माझी बस्ती विकास परियोजनालाई बंगलादेशको स्थापित ढाका क्लबले बीस लाख रुपैयाँ सहयोग गरेको छ । मंगलबार बस्तीमै पुगेर क्लबका कार्यकारी अधिकृत जाहिरुल आलिमले श्वेताश्री फाउण्डेशनका सल्लाहकार प्रेम खत्रीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।


चेक बुझ्दै सल्लाहकार खत्रीले ढाका क्लबबाट प्राप्त उक्त रकमलाई सही ठाउँमा सदुपयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै क्लबलाई धन्यवाद दिए । यता अधिकृत आलिमले गत ०७२ बैशाख १२ गते गएको भूकम्पले माझी बस्तीलाई पुर्याएको क्षति देखेर आर्थिक सहयोग गरेको खुलाए । भूकम्पबाट प्राभावित ५६ माझी घरहरुमध्ये दश वटा घरको जग बसालिएको छ । ‘हामी चाँडै नै तपाईंहरु घरमा बसेको हेर्न चाहान्छौं, चेक हस्तान्तरण कार्यक्रममा बोल्दै श्वेताश्री फाउण्डेशनका सचिव यज्ञराज कार्कीले भने, ‘हामी घर भन्दा पनि शहर बनाउँदैछौं । यसैले केही समय लागिरहेको हो । यो बस्ती हामीले होइन तपाईहरुले बनाउँदै हुनुहुन्छ ।’ फाउण्डेशनका अध्यक्ष नायिका श्वेता खड्का भने फिल्म कान्छी सुटिगंका कारण मंगलबार बस्ती जाँन सकिनन् । स्व.श्रीकृष्ण श्रेष्ठ जन्मेको सिन्धुपाल्चोक जिल्लाको झ्याडी माझी टोल पुगेपछि श्वेताले उक्त भूकम्प प्रभावित बस्ती बनाउने वचन दिएकी थिइन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha