बोल्ड बर्षा (भिडियो सहित)

नायिका बर्षा राउतको छवि सोभर गर्लको छ । पर्दा र पर्दा बाहिर बर्षालाई हेर्ने दर्शकको नजरमा खासै फरक छैन । तर सोभर बर्षा फिल्म ‘छक्का पञ्जा २’ मा भने बोल्ड भएर आउँदैछिन् । पर्दाको बोल्ड रुपलाई बर्षाले सोमबार गरिएको फिल्मको प्रेसमिटमा पनि देखाइन । नपत्याए यो भिडियो हेर्नुस् :

ब्ल्याक वन पिसमा प्रस्तुत भएकी बर्षा निकै बोल्ड देखिएकी थिइन् । बर्षाको यस प्रकारको पहिरण देखेर नायिका प्रियंका कार्कीले त प्रशंसा नै गरिन् । प्रियंकाले बर्षालाई अब आइन्दा यस्तै ड्रेसअपमा हिंड्न समेत सुझाइन् । बर्षा बोल्ड रुपमा प्रस्तुत भएको फिल्म ‘छक्का पञ्जा २’ असोज ११ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha