ट्रेन्डिङ नम्वर १ मा ‘छक्का पञ्जा २’ को ‘झ्याम्म झ्याम्म’

‘छक्का पञ्जा २’ को दोश्रो गीत ‘झ्याम्म झ्याम्म’ युटुवमा ट्रेन्डिङ नम्वर एकमा आएको छ । सोमबार साँझ अपलोड गरिएको गीतलाई हालसम्म करिब ९ लाख (८ लाख ८७ हजार) ले हेरेका छन् । किरण कंडेलको संगीत, उत्तम संजेलको शब्द रहेको गीतमा हरिवंश आचार्य र आस्था राउतको स्वर छ । भिडियो हेर्नुस् :

कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमो प्रियंका कार्की, विल्सन विक्रम राई, दिपकराज गिरी र बुद्धि तामाङले नृत्य पस्केका छन् । दिपाश्री निरौला निर्देशित फिल्म ‘छक्का पञ्जा २’ फुलपाती, असोज ११ गतेदेखि प्रदर्शनमा आउँदैछ । गत साल प्रदर्शनमा आएको फिल्म छक्का पञ्जा ले सर्वाधिक व्यापार गर्न सफल भएको थियो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha