‘मिस्टर झोले’ मा ‘ओखती’ लाउँदै दयाहाङ (नयाँ गीत)

फस्ट लुक्स पश्चात् फिल्म ‘मिस्टर झोले’ को पहिलो गीत रिलिज भएको छ । ‘ओखती’ बोलको गीतमा कालिप्रसाद बाँस्कोटाको संगीत, शब्द तथा स्वर छ । विक्रम स्वारको कोरियोग्राफी रहेको गीतको भिडियोमा दयाहाङ राई, दिया पुन र प्रविण खतिवडा फिचरिङ छन् । भिडियो हेर्नुस् :

रामबाबु गुरुङको स्क्रिप्ट, लेखन तथा निर्देशन रहेको फिल्म ‘मिस्टर झोले’ पुष २८ गतेदेखि अल नेपाल रिलिज हुँदैछ । शैलेन्द्र डि.कार्की सिनेम्याटोग्राफर रहेको फिल्मलाई नेमिस श्रेष्ठले सम्पादन गर्दैछन् । मिस्टर झोलेमा दया, दिया र प्रविणसँगै पुष्कर गुरुङ, बुद्धि तामाङ। विजय बराल, अरुणा कार्की, कमलमणी नेपाल लगायत कलाकारहरुको अभिनय रहेको छ । फिल्मलाई सिनेमा आर्ट र टेकेन खड्का प्रोडक्सनले निर्माण गरेको हो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha