मिक्स मार्शल आर्ट खेलाडी ‘जाइरा’ अर्थात् नम्रता श्रेष्ठ

भदौ ६ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘जाइरा’ को दुई पोस्टर सार्वजनिक गरिएको छ । नायिका नम्रता श्रेष्ठको जन्मदिनको अवसर परेर गत शुक्रबार फिल्मको पोस्टर रिलिज गरिएको हो । फिल्ममा उनी मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा प्रस्तुत भएकी छन् । यसमा उनको होम प्रोडक्सन कम्पनीले पनि निर्माण सहकार्य गरेको छ ।

सार्वजनिक पोस्टरमा नम्रतालाई मिक्स मार्शल आर्ट खेलाडीको लुक्समा देख्न सकिन्छ । मुख्यतः उनलाई नै प्रमूख स्थान दिईएको छ । चलचित्रको मुल कथा नै उनको वरिपरि घुमेकाले निर्माण टिमले फिल्मको प्रचार सामाग्रीमा उनलाई नै विशेष स्थान दिँदै आएको छ । ‘जाइरा’का निर्देशक आशुतोष राज श्रेष्ठ हुन् ।

‘लभर गर्ल’ को भूमिकामा निकै रुचाइएकी नम्रताले ‘जाइरा’ आफ्नो लागि विशेष रहेको बताइन् । जन्मदिनको केक काट्दै उनले भनिन्, ‘यो फिल्मको स्क्रिप्टमा आशुतोषले निकै वर्क गरेको छ । स्क्रिप्टमा मात्र उसले तीन बर्ष खर्चेको छ । उसको मेहनत, लगाव र उसप्रति मलाई विश्वास भएर नै ‘जाइरा’ गरेकी हुँ ।’ त्यहि सन्दर्भमा उनले आफूले हरेक चलचित्रमा निभाएको क्यारेक्टर आफुलाई चुनौतीपूर्ण लाग्ने पनि बताइन् । फिल्ममा अनुप बिक्रम शाही, प्रमोद अग्रहरी, रेमन दास श्रेष्ठसहित नव-कलाकारहरु श्रृजना रेग्मी, सुजिता श्रेष्ठ र सम्राट मगरको पनि मूख्य अभिनय छ ।

‘जाइरा’का पटकथाकार निर्देशक श्रेष्ठ र निरोज महर्जन हुन् । यो चलचित्र कटामरी फिल्म्सको सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्स प्रा.लि.को प्रस्तुतीमा बनेको हो । प्रसन्न गोपाली कार्यकारी निर्माता रहेको ‘जाईरा’लाई लोकेश बज्राचार्यले सम्पादन गरेका छन् ।

कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडको संगीत रहेको यो फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको छ भने द्वन्द्व कोरियोग्राफी राउल मोक्तान र मेघवार चेम्जोङको छ । यस चलचित्रमा केशव थापाको नृत्य निर्देशन छ भने डि.ओ.पी. बाबु श्रेष्ठको रहेको छ । ‘जाइरा’को प्रमोशन ब्यवस्थापक सुम्निमा देवान हुन् । फिल्म भदौ ३ गते देखि रिलिज हुँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha