‘छक्का पञ्जा २’ सँगै आउने भयो छविराजको ‘मंगलम’

अन्ततः निर्माता छविराज ओझाको ‘मंगलम’ असोज ११ गते नै प्रदर्शनमा आउने भएको छ । एक महिना पनि कम समय हुँदा वितरकसँगको सर सल्लाहमा छविराजले असोज ११ मै आफ्नो फिल्मलाई ल्याउने निर्णय गरेका हुन् । सो मितिमा प्रदर्शन हुने फिल्म ‘छक्का पञ्जा २’ ले प्रचारलाई तिव्रता दिइरहेको छ । काठमाण्डौं वितरक गोपालकाजी कायस्थले पनि असोज ११ मै ‘मंगलम’ आउने जानकारी दिए । मोफसलमा एफडी कम्पनीले वितरण गर्दैछ ।

‘अब हामी आजबाटै प्रचार सुरु गर्छौं’, निर्माता ओझाले भने, ‘सुरुमा असोज ११ मा आउने भनेर मैंले नै भनेको थिएँ । पोस्टर रिलिज गरेर प्रचार सुरु हुन्छ ।’ नवल नेपालको निर्देशन रहेको फिल्ममा शिल्पा पोखरेल, पृश्वीराज प्रसाईं र पुष्पल खड्काको मुख्य भूमिका रहेको छ । मंगलमबाट शिल्पा निर्मात्री समेत बनेकी छिन् । कस्तो होला त दिपकराज गिरी र दिपाश्री निरौलाको छक्का पञ्जा २ र बाघ निर्माताको रुपमा चिनिएका ओझाको मंगलम बिचको प्रतिस्पर्धा ?

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha