‘जोनी जेन्टलम्यान’ प्रचारमा पलको यस्तो शैली

पल शाह र आँचल शर्माको मुख्य भूमिका रहेको फिल्म ‘जोनी जेन्टलम्यान’ आउँदो शुक्रबार, भदौ ३० गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्म प्रदर्शन मिति नजिकिंदै गर्दा यसको टिम प्रचारमा जुटिरहेको छ । यही क्रममा नायक पल शाहले रमाइलो तवरले जोनी जेन्टलम्यानको प्रचार गरेका छन् । पलको निर्देशनमा सर्वसाधरण माथि गरिएको गतिविध रमाईलो छ । भिडियो हेर्नुस् :

नितिन चन्द निर्देशित फिल्म ‘जोनी जेन्टलम्यान’ मा पल र आँचलको मुख्य भूमिका रहेको छ । अजय मल्ल् ठकुरी र एन्ड्रियु पौडेलको संयुक्त निर्माण रहेको फिल्म एक्सन लभ स्टोरीमा आधारित छ । पछिल्लो पटक अर्जुन पोखरेलले संगीत दिएको फिल्मको गीतलाई रुचाइएको छ । फिल्मको प्रोमो रिलिज भैसकेको छ । हेर्नुस् प्रोमो :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha