रौसी भनेकै कोदोकोला (भिडियो)

गायक कमल के. क्षेत्रीले दसैंको पुर्व सन्ध्या पारेर एउटा रमाइलो गीतको म्युजिक भिडियो बजारमा ल्याएका छन् । ‘कोदोकोला’ शीर्षकको उक्त गीतमा गायक क्षेत्रीकै स्वर तथा संगीत छ । तुलाराम थापाका शब्द रहेको यस गीतलाई तास स्टुडियोका बिजेश्वरराज तण्डुकारले संगीत संयोजन गरेका हुन् । भिडियो हेर्नुस् :

सुव्रतराज आचार्यद्वारा निर्देशित यस म्युजिक भिडियोमा गम्भिर विष्टको कोरियोग्राफी छ । अनिल के.मानन्धरद्वारा छायांकन गरिएको भिडियोलाई सि लियन लम्सालले सम्पादन गरेका हुन् । भिडियोमा गायक क्षेत्री सहित क्रिस्टिना थापा, रवि आरएन तथा प्रकाश बस्नेतले माडलिगं गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha