दर्शकसँग पल र आँचल, शनिबार हाउसफूल ‘जोनी जेन्टलम्यान’

प्रदर्शनको पहिलो दिन शुक्रबार औषत व्यापार गरेको फिल्म ‘जोनी जेन्टलम्यान’ले शनिबार भने देशका कतिपय हलहरुमा हाउसफूलको व्यापार गरेको छ । राजधानीका गोपिकृष्ण, अष्टनारायण, गुण, गंगा र कलंकी लगायत हलहरु हाउसफूल भएको र मल्टिप्लेक्सका बिहानी शोमा ७५ प्रतिशत र दिवा शोहरुमा शतप्रतिशत अकुपेन्सी रहेको वितरक सुनिल मानन्धरले बताए । मोफसलमा पनि दर्शकको चाप राजधानीकै सरह रहेको निर्माता अजयमल्ल ठकुुरीको भनाई छ ।

हलमा दर्शक हाउसफूल भएपछि नायक पल शाह, नायिका आँचल शर्मा, निर्देशक नितिन चन्द र निर्माताहरु अजय र एन्डियु पौडेल हलहलमा पुगेका थिए । गोपिकृष्ण र अष्टनारायणका दर्शकसँग उनीहरुले खुसी साटे । पल र आँचलसँग सेल्फी खिच्न उनीहरुका फ्यानहरु झुम्मिएका थिए । पल र आँचलसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

शनिबारसँगै असोज ३ गते संविधान दिवसको सार्वजनिक बिदा परेका कारण ‘जोनी जेन्टलम्यान’ लाई फाइदा पुग्ने देखिएको छ ।पल र आँचको मुख्य भूमिका रहेको फिल्म एक्सन लभ स्टोरी जनराको हो । पल अभिनित यसै वर्ष प्रदर्शनमा आएको फिल्म ‘म यस्तो गीत गाउँछु’ सुपरहिट भएको थियो ।

 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha