‘म यस्तो गीत गाउँछु’ ले पुरा गर्यो ५१ दिन

सुदर्शन थापा र पूजा शर्माको सहकार्यमा निर्माण भएको यस वर्षको पहिलो सुपरहिट फिल्म ‘म यस्तो गीत गाउँछु’ हालसम्म काठमाण्डौका केही हलमा चलिरहेको छ । बालाजुको अष्टनारायण हलमा ५१ दिन पुरा गरेको यो फिल्म चावाहिलको गोपिकृष्ण र ग्वार्कोको गुणमा ६४ दिनसम्म प्रदर्शन भैरहेको छ ।

नायिका पूजा शर्मा र नायक पल शाहको मुख्य भूमिका रहेको यो फिल्मले बम्पर व्यापार गरेर हलमा ५१ दिन पुरा गर्दा पनि यसको कुनै सेलिव्रेसन कार्यक्रम भने गरिएन । किन त ? निर्देशक तथा निर्माता थापाले पचहत्तर या एक सय दिनमा भव्य रुपमा कार्यक्रम गरेर खुसीयाली साट्ने बताएका छन् । पहिलो फिल्म सफल भएपछि पल, पुजा र कलाकार सलोन बस्नेतलाई लिएर सुदर्शनले दोश्रो फिल्म ‘म यस्तो गीत गाउँछु २’ निर्माणको घोषणा गरेका छन् । पल र पुजासँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha