ईटहरीमा दीपक र प्रियंकाको झ्याम्म झ्याम्म ‘फोटो कथा’

असोज ११ गतेदेखि प्रदर्शनमा आउने बहुप्रतिक्षित फिल्म ‘छक्का पञ्जा २’ को जम्बो टोली यतिबेला मोफसल प्रचार प्रसारमा छ । यात्रामा निर्देशक दिपाश्री निरौला, निर्माता तथा अभिनेता दिपकराज गिरी, नायिका प्रियंका कार्की, बर्षा राउत, कलाकारहरु जितु नेपाल, केदार घिमिरे माग्ने बुढा, स्वरुप पुरुष ढकाल छन् ।

मोफसलका विभिन्न शहरमा कार्यक्रम गरेर फिल्मको प्रचार गर्ने क्रममा शुक्रबार फिल्म युनिट इटहरीमा पुग्यो । जहाँ दिपकराज, दिपाश्री, प्रियंका, जितु, केदार, बर्षा र स्वरुपले दर्शकलाई भरपुर मनोरञ्जन दिलाए । दिपक र प्रियंकाले झ्याम्म झ्याम्ममा ठुम्का लगाउँदा जितु र केदारले कमेडी मार्फत दर्शकलाई रमाईलो गराए । यस्तै बर्षा र पुरुषले नाइलनको साडीमा नाच्दा निर्देशक निरौलाले फिल्मबारे जानकारी दिइन् ।

मोफसल यात्रा एकदम रमाईलो भएको र दर्शकको मायाले उत्साहित भएको प्रियंकाले बताइन् । यस्तै गृह नगरमा विराटनगरका बाढी प्रभावितलाई सहयोग समेत गरेकी निर्देशक निरौलाले मोफसलमा छक्का पञ्जा २ को क्रेज उच्च रहेको बताइन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha