भुवन केसी र दीलिप रायमाझीलाई ‘ह्याप्पी वर्थ डे’ भन्नुस्

असाज १ गते दुई रोमान्टिक हिरो भुवन केसी र दीलिप रायमाझीको जन्मदिन परेको छ । आफ्नो समयका सर्वाधिक लोकप्रिय भुवन र दीलिपले दर्जन बढी सफल फिल्महरुमा अभिनय गरेका छन् । दुवैलाई जन्मदिनको शुभकामना ।

भुवन केसी
रेडियो नेपालमा गायकको रुपमा जागिरे रहेका भुवन केसीले पहिलो पटक फिल्म ‘जुनी’मा अभिनय गरे तर फिल्म सम्झनाले उनलाई दर्शकमाझ चिनायो । ‘सम्झना’ पछि ‘कुसुमे रुमाल’, ‘चिनो’ साइनो सफल फिल्महरुमा भुवनले अभिनय गरे । छोरा अनमोल केसीलाई लिएर भुवनले डिम्स फिल्म निर्देशन पनि गरे । भुवन हाल युवा स्टार छोरा अनमोललाई लिएर फिल्म ‘ड्रिम्स’ निर्माणमा सक्रिय छन् । अनमोल स्टारर भुवनको साझेदारी रहेको फिल्म कृ को छायाँकन चल्दैछ ।

दीलिप रायमाझी
किर्तिपुरमा जन्मिएका दीलिप रायमाझीले ‘भानु भक्त’ बाट आफ्नो फिल्मी करिअर सुरु गरेका थिए । नृत्य र अभिनयमा पोख्त दीलिपको क्रेज एक समय निकै थियो । दर्पण छायाँ, मुग्लान, बन्धकी जस्ता सम्झनायोग्य फिल्महरुमा अभिनय गरेका दीलिप हाल परिवार सहित अमेरिकामा छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha