प्रदीप खड्कालाई ५३ लाखको कार उपहार

नायक प्रदीप खड्काले कार उपहार पाएका छन् । फिल्म ‘प्रेम गीत २’ को ५१ दिने सफलताको पार्टीमा निर्माता सन्तोष सेनले प्रदीपलाई हुन्डाइको क्रेटा कार गिफ्ट गरेका हुन् । प्रदीपले पाएको कारको बजार मूल्य ५३ लाख पर्न आउँछ ।

निर्माताबाट कार उपहार पाउने प्रदीप पहिला नायक हुन् । यसअघि फिल्म ‘लुट’ ब्लकबस्टर भएपछि निर्माताद्वाय माधव वाग्ले र नरेन्द्र महर्जनले निर्देशन निश्चल बस्नेतलाई कार उपहार दिएका थिए । ‘प्रेम गीत २’ को ५१ दिने सेलिव्रेसन कार्यक्रममा फिल्मको शिर्ष कभर गीत प्रतिस्पर्धाका उत्कृष्टको नाम घोषणा गर्दै उनीहरुलाई पुरस्कृत समेत गरियो ।

रामशरण पाठकको निर्देशन रहेको फिल्म ‘प्रेम गीत २’ मा प्रदीप खड्का र नव नायिका अश्लेष ठकुरीको मुख्य भूमिका रहेको छ । प्रदीपले आशुसेन फिल्मसबाटै बन्ने नयाँ फिल्म दिपेन्द्र सरकारमा मुख्य भूमिकामा अभिनय गर्दैछन् । प्रदीप मिलन चाम्सले बनाउने ‘लिली बिली’मा २२ लाख अनुबन्धित भएका प्रदीपलाई बधाई !

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha