ऋषि धमला पत्नीले खोजिन् नयाँ हिरो, बाहिरिए मोडल घिमिरे

ऋषि धमला पत्नी एलिजा गौतमले निर्माण गर्ने फिल्म ‘अनुराग’ बाट नायक बाहिरिएका छन् । समय नमिल्ने भन्दै मोडल दीपक घिमिरे फिल्मबाट बाहिरिएका हुन् । मोडल घिमिरे बाहिरिएपछि नायिका तथा निर्मात्री गौतम यतिबेला नयाँ नायकको खोजीमा छिन् । अनुरागबाट दीपक आफैं हटेका हुन् या हटाइएका हुन् ।

एलिजा र दीपक दुवैले समयको कारण देखाएपनि भित्री रहस्य भने अर्कै रहेको बुझ्नमा आएको छ । लगानी साझेदारीमा विवाद उत्पन्न भएपछि दिपक फिल्मबाट बाहिरीएको र एलिजा नयाँ नायकको खोजीमा लागेको बताइन्छ । श्रोतका अनुसार सुरुमा मोडल घिमिरेको पनि अनुरागमा लगानी रहने सम्झौता भएको थियो । तर सम्झौता अनुसार फिल्ममा लगानी नगरेपछि दिपक फिल्मबाट बाहिरिन बाध्य भएको श्रोत बताउँछ । सत्यराज चौलागाईंको निर्देशन रहने फिल्मको छायाँकन छठपछि सुरु गर्ने योजना छ । ‘अनुराग’को लगानी डेढ करोड दाबी गरिएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha