‘जोनी जेन्टलम्यान’ हेरेपछि पूजाले गरिन् पलको प्रशंसा

प्रदर्शनरत फिल्म ‘जोनी जेन्टलम्यान’को आइतबार विशेष शोको आयोजना गरिएको छ । कमलपोखरीस्थित बिग मुभिजमा गरिएको विशेष शोमा फिल्म युनिट सहित सञ्चारकर्मी र फिल्मकर्मीको उपस्थिति थियो । नायक पल शाह, नायिका आँचल शर्मा पनि विशेष शोमा उपस्थित थिए ।


यस्तै पल र आँचलको फिल्म हेर्न नायिका पुजा शर्मा पनि बिग मुभिज पुगेकी थिइन् । ‘जोनी जेन्टलम्यान’ हेरेपछि पूजाले पलको कामको प्रशंसा गरिन् । पलको काम राम्रो रैछ । मलाई त फिल्म मन पर्यो । विशेष शोमा निर्देशक सुदर्शन थापा, नायक आमेश भण्डारी लगायत उपस्थित थिए । नीतिन चन्द निर्देशित फिल्मलाई अजय मल्ल र एन्ड्रियु पौडेलको संयुक्त लगानी रहेको छ । फिल्मले राम्रै संख्यामा दर्शकलाई हलमा तानिरहेको छ । पल र आँचसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha