‘छक्का पञ्जा २’ को गीतलाई १ करोड बढी भ्युज

फिल्म ‘छक्का पन्जा २’ मा समावेश ‘नाइलनको साडी’मा गीतको भिडियोलाई युट्युवमा १ करोड बढी पटक हेरिएको छ । असोज ११ गते फिल्म रिलिज हुनु अगावै ‘नाइलनको साडीमा’लाई यति धेरै पटक हेरिएको हो । अल्मोडा राना उप्रेती र सुजाता वर्माको स्वर रहेको गीत रिलिज भए लगत्तै विवादमा परेर चर्चामा आएको थियो । प्रिन्स नेपाली र स्वर्गीय कान्छा मगर नेपालीको संगीत रहेको गीतमा प्रिन्स र दिपकराज गिरीको शब्द रहेको छ । कविराज गहतराजले कोरियोग्राफी गरेको भिडियो हेर्नुस् :

दिपाश्री निरौला निर्देशित फिल्म ‘छक्का पञ्जा २’ टिम यतिबेला मोफसल प्रचार प्रसारमा छ । फिल्ममा दिपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, शिवहरी पौडेल, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरूपपुरुष ढकाल लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्म निर्माणमा दिपक र दिपासँग विकास आचार्यले पनि सहकार्य गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha