ऋचा र अर्पणको सहकार्यमा ‘सुनकेशरी’ बन्ने

अभिनेता अर्पण थापा र अभिनेत्री ऋचा शर्माले दोश्रो पटक फिल्म निर्माणमा सहकार्य गर्ने भएका छन् । ‘आधा लभ’ पछि अर्पण र अऋा मिलेर ‘सुनकेसरी’ बनाउने भएका हुन् । ‘सुनकेशरी’को अस्ट्रेलियास्थित सिड्नीमा शुभसाइत गरियो । शुभसाईतमा अर्पण र ऋचा दुवै सहभागी थिए ।

अर्पण थापाको निर्देशन रहने फिल्म ‘सुनकेशरी’ लाई अस्ट्रेलियाका भिम न्यौपाने र ऋचा शर्माले मिलेर बनाउन लागेका हुन् । तीन पात्रहरुको भुतप्रेतसँग हुने चहलपहल माथि आधारित हुने बताइएको छ । फिल्ममा ऋचा शर्मा, रविन्द्र झा, सन्नी ढकाल र भिम न्यौपाने लगायतका कलाकारहरुको अभिनय रहेको छ । हरर जनराको फिल्मको बजेट २ करोड बजेट अनुमान गरिएको छ । नेपाल र अस्ट्रेलियामा छायाँकन गरिने फिल्ममा अस्ट्रेलियन प्राविधिकहरुलाई समावेश छन् । सन् २०१८ को मध्यसम्म नेपाल र नेपाल बाहिर एकसाथ प्रदर्शन गरिने छ । शर्मिला सापकोटा र धर्मराज अधिकारीको सहनिर्माण रहेको फिल्मका कार्यकारी निर्माता भने मनोज अधिकारी र अर्पण थापा हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha