कमलपोखरीमा सुरु भयो अफ्रिका फिल्म फेस्टिबल

कमलपोखरी स्थित रसियन कल्चरल सेन्टरमा सोमबारबाट ‘छैटौं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०१७’ सुरु भएको छ । पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले सो फेस्टिबलको सोमबार मध्यान्नमा उद्घाटन गरे । २ असोजबाट ४ असोजसम्म ३ तीन निरन्तर चल्ने सो फेस्टिबललाई सम्बोधन गर्दै नेपाल र अफ्रिकाका मुलुकहरु संस्कृतिमा धनी भएकोले यस्तो चलचित्र महोत्सबले दुई देश र फरक भूगोलको कला संस्कृतिलाई जोड्ने विश्वास व्यक्त गरे ।

कलेज अफ मास कम्युनिकेसन एन्ड जर्नालिज्मद्धारा आयोजित सो फेस्टिबलमा सो कलेजकी प्रिन्सिपल एवं यस फेस्टिबलकी निर्देशक डा. मञ्जु मिश्रले अफ्रिकालाई अफ्रिकी लेन्सबाटै हेर्न पर्छ भन्ने उदेश्यले बिगत ६ वर्षदेखि आफुहरुले यो महोत्सब आयोजना गर्दै आएको बताईन् । यस पटक महोत्सबमा नौ ओटा चलचित्र प्रदर्शनी गरिँदैछ । जस मध्य एउटा नेपाली र बाँकी अफ्रिकी मुलुकका छन् । महोत्सबमा सोमबार इजिप्टबाट मोहम्मद रशद निर्देशित फिल्म ‘लिटिल इगल’ र नेपाल÷तान्जानिया÷भारतको जमेश गियाम्ब्रोने र रुश पारिसेओउ निर्देशित ‘होल्डिङ अप द स्काई’ प्रदर्शनी गरियो ।

यस्तै ३ असोजमा युगान्डाको एगोन्जे अर्नोल्ड निर्देशित ‘नथिङ इज गोईन अन’, सँयुक्त राज्य अमेरिका÷चिलुवाको ह्वेभेस स्ट्रिटर निर्देशितन ‘सिलिकोन भ्याली’, मोरोक्को÷फ्रान्सको फाओजी बन्साईदी निर्देशित ‘मिली मिओस’ र सेनेगलको ‘ह्वेनास’ प्रदर्शनी गरिनेछ ।
महोत्सबको अन्तिम दिन ४ असोजमा युगान्डाको टोची मादुवा निर्देशित ‘फेटल डिस्टिनी’, रुवान्डाको मारिई निर्देशित ‘अ पिस फर माईसेल्फ’ र नेपालबाट रोशनी केसी निर्मित चलचित्र डा…खाते प्रदर्शनी गरिने भएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha