‘छक्का पञ्जा २’ सँगै आउने भो ‘मेरो पैसा खै ?’

प्रतिक्षित रिलिज मिति असोज ११ गते अर्को एउटा नयाँ फिल्म पनि थपिएको छ । निर्माता रोज राणाले दुई साता बाँकी रहंदा आफ्नो फिल्म ‘मेरो पैसा खै ?’ को प्रदर्शन मिति तय गरेका छन् । असोज ११ गतेलाई प्रदर्शन मिति तोकिएको छक्का पञ्जा २ टिम यतिबेला मोफसल प्रचार प्रसारमा छ ।

फिल्म वितरणको जिम्मा लिएका सुनिल मानन्धरले असोज ११ गते ‘मेरो पैसा खै ?’ प्रदर्शनमा ल्याउने सम्झौता निर्माता राणासँग भैसकेको बताए । उनले यस मितिबाट फिल्म नसर्ने समेत अडान लिए । कमेडी जनराको फिल्ममा सौगात मल्ल, रबिन तामांग , छुल्ठिम गुरुगं, बुद्धि तामांग, बर्षा राउत लगायत कलाकारहरुको अभिनय रहेको छ । बलिउडका निर्देशक विवेक शर्माले बिचबाटै फिल्म निर्देशनबाट हात झिकेपछि निर्माता राणाले फिल्म मेरो पैसा खै को निर्देशन गरेका थिए । उसो त निर्माता छविराज ओझोले पनि असोज ११ मा ‘मंगलम’ को रिलिज मिति तोकेका थिए तर दुई दिनमै उनी उक्त मितिबाट सरे।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha