सलमान खानलाई भेटेपछि सुस्माले के गरिन् ?

नायिका सुस्मा कार्कीले बलिउड अभिनेता सलमान खानसँग भेट्ने अवसर पाएकी छिन् । कार्यक्रमको सिलसिलामा युके पुगेकी सुस्माले सलमानसँग तस्बिर खिचाएर आफ्नो फेसबुकमा सेयर समेत गरेकी छिन् । यी हट नेपाली नायिकाले विश्व चर्चित बलिउड अभिनेतालाई भेटेपछि के गरिन् त ?


‘मैंले त किस पनि गरिदिएँ । हग गरें’, सुस्माले उत्साहित हुँदै सुनाइन्, ‘फोटो खिचेर केही बेर गफ गरें ।’ श्री सिद्धार्थ एवं नेपलिज इन्टरटेनमेन्ट ग्रुपले विजय दशमीको अवसर पारेर आयोजना गरेका शुभकामना साँझमा सहभागी हुंन सुस्मासँगै संगीतकार कालिप्रसाद बाँस्कोटा र गायक हेमन्त राणा बेलायत पुगेका छन् । सलमान ‘दबंग टुर युके’का लागि आफ्नो टिम सहित बेलायत पुगेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha