जन्मदिनमा धुर्मुसले गरे नयाँ नमुना बस्तीको शिलान्यास

सामाजिक अभियान्ता कलाकार सिताराम कट्टेलले आफ्नो जन्मदिन असोज ४ गतेको अवसर पारेर नयाँ नमुना बस्तीको शिलान्यास गरेका छन् । रौतहटस्थित चन्द्रपुर नगरपालिका वडा नं. ८ सन्तपुरमा रहेको दलित समुदायका लागि एकीकृत नमुना सन्तपुर बस्तीको शिलान्यास त्यहाँकै बाढी पिडित एक सय ७ बर्षिय बृद्ध रामकलिया देवी हजाराको प्रमुख आतिथ्यतामा शिलान्यास गरिएको हो ।


कुल अनुमानित लागत ५ करोड ७५ लाखको लागतमा बन्न लागेको उक्त बस्तीमा ४५ आवासिय घर, १ भ्यु टावर, १ सामुदायिक भवन, १ मन्दिर, सार्वजनिक धाराहरु र शौचालयहरु बन्नेछन् । असोज ४ गतेबाट सुरु भई माघको २४ गते यो परियोजना हस्तान्तरण हुनेछ । अघिल्ला परियोजनाहरु जस्तै यस परियोजनामा पनि देश तथा विदेशका शुभचिन्तकहरुले साथ दिने सितारामले बताएका छन् । धुर्मुस सुन्तली फाउण्डेशनले यसअघि तीन वटा नमुना बस्तीहरु बनाइसकेको छ भने नमुना नेपाल निर्माणको परियोजना पनि अघि सारिएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha