छोटो चोली लगाउँदा प्रियंका भइन् ‘फोकस’

फिल्म ‘फाटेको जुत्ता’को नयाँ गीत रिलिज भएको छ । ‘चोली’ बोलको भिडियोमा नायिका प्रियंका कार्कीले मस्त डान्स गरेकी छिन् । प्रियंकासँगै नायक सौगात मल्लले पनि कम्मर मर्काएका छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियो यस्तो बनेको छ :

शंकर थापाको स्वर तथा संगीत रहेको गीतमा मिना निरौलाको फिमेल भोकल छ । शब्द डिपी खनालले लेखेका हुन् । अर्जुन कुमारको निर्माण रहेको ‘फाटेको जुत्ता’लाई निकेश खड्काले निर्देशन गरेका हुन् । कात्तिक १७ गतेदेखि प्रदर्शनमा आउने फिल्मको ‘आइएम सरी’ बोलको गीति भिडियोलाई बीस लाख बढीले हेरिएको छ । फिल्ममा सौगात र प्रियंकासँगै कामेश्वर चौरसिया र रविन्द्र झा लगायत कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha