हलमा निश्चल, आशिफ, पल र आँचलको राज

फिल्म ‘२ रुपैयाँ’ ले तेश्रो साता र ‘जोनी जेन्टलम्यान’ ले दोश्रो साताको प्रदर्शन यात्रा तय गरेका छन् । यो शुक्रबार नयाँ नेपाली फिल्म र प्रतिक्षित बलिउड फिल्म प्रदर्शनमा नआउँदा यी दुई फिल्महरुलाई हलमा फाइदा पुगेको हो ।


निश्चल बस्नेत, आशिफ शाह, बुद्धि तामांग र मेनुका प्रधान स्टारर फिल्म ‘दुई रुपैयाँ’ले पहिलो साता चार करोड माथिको व्यापर गरेको थियो । यस्तै पल शाह र आँचल शर्मा अभिनित फिल्मले पहिलो साता करिब डेढ करोडको व्यापार गरेको निर्माता अजय मल्ल ठकुरीले बताएका छन । निश्चल र आशिफसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

‘दुई रुपैयाँ’ले तेश्रो सातामा पनि मल्टिप्लेक्समा उच्च शो संख्या पाएको छ भने ‘जोनी जेन्टलम्यान’ दोश्रो सातामा ७० बढी हलहरुमा प्रदर्शनरत छ । ‘दुई रुपैयाँ’ र ‘जोनी जेन्टलम्यान’लाई क्रमशः अशिम शाह र नितिन चन्दले निर्देशन गरेका हुन् । यी दुईको पहिलो निर्देशकिय फिल्म हो । पल र आँचलसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha