पहिलो फिल्ममै दीपिकाले पाइन् ‘ड्रिम रोल’

अभिनेता रमेश उप्रेतीको निर्माण गरेको फिल्म ‘ऐश्वर्य’ बाट नव नायिका दीपिका प्रसाईंको आगमन भएको छ । दिवाकर भट्राई निर्देशित फिल्मको गीत रिलिज भएसँगै दीपिकाको चर्चा सुरु भएको हो । फिल्ममा उनको दमदार भूमिका भएको बुझिएको छ । तर कस्तो त ?

‘मैंले ड्रिम रोल गर्न पाएको छु’, दीपिकाले भनिन्, ‘ऐश्वर्यमा गरे जस्तो रोल मैंले चाहेको थिएँ’, जुन पहिलो फिल्म बाटै पुरा भयो ।’ यसमा दीपिका आफुलाई भाग्यमानी ठान्छिन् । प्रोमोमा देखाइए अनुसार दीपिका फिल्ममा सुपर मोडलको भूमिकामा छिन् । उसो त फिल्ममा नायिका केकी अधिकारी पनि महत्वपूर्ण भूमिकामा छिन् । तर निर्माण पक्षले केकीलाई प्रचारमा अगाडी सारेका छैन् । प्रोमो हेर्नुस् :

रिभेञ्ज लभ स्टोरी फिल्ममा रमेश, दीपिका र केकीसँगै अभिनेता प्रशान्त ताम्राकारको अभिनय छ । फिल्ममा समावेश अर्जुन पोखरेलको तिमी रोएको पलले मन जितिरहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha