विस्तारित फेसियल हाउसमा रमेश, दीपा र दीपिका

झन्डै एक दशकदेखि सौन्दर्य सेवामा सक्रिय रहेको फेसियल हाउसले दसैंको पुर्व सन्ध्या पारेर काठमाडौंका सुन्धारा र बागबजारमा शाखा विस्तार गरेको छ । फेसियल हाउस लेजिड एण्ड जेन्ट्स दुवै शाखा सैलुनका शुक्रबार उद्घाटन गरियो ।

बागबजार प्लाजामा रहेको नयाँ ब्राञ्चको उद्घाटन निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले गरिन् भने सिटिस मलको दोस्रा तल्लामा सञ्चालित फेसियल हाउसको लक्जरी ब्राञ्चको उद्घाटन उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, ऐश्वर्य अभिनेता रमेश उप्रेती र दिपिका प्रसाईं तथा अभिनेता÷चिकित्सक आयुष्मान घिमिरेले गरे । फेसियल हाउसकी प्रवन्ध निर्देशक सुष्मा महराले अत्याधुनिक प्रविधियुक्त सेवा दिने उदेश्यले सिटिसी मलमा लक्जरी ब्राञ्च स्थापना गरिएको स्पष्ट पारिन् ।

२०५५ सालदेखि व्युटिसियनका रुपामा कार्यरत सुष्मा महरा अझ बढी सेवा दिन ‘फेसियल हाउस लेडिज एन्ड जेन्ट्स सैलुन’ लाई व्यवसायकै रुपमा सञ्चालन गरी वार्षिक ५ सय भन्दा बढी सौन्दर्यकर्मी उत्पादन गर्दै रोजगारी प्रदान गरिरहेकी छिन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha