‘ल्याङ ल्याङ’ ओर्जिनल भिडियो रिलिज

एचआरके प्रोडक्शनको ब्यानरमा निर्माण भएको फिल्म ‘रोमियो’ अब कात्तिक २४ गते रिलिज हुने भएको छ । यसअघि फिल्मलाई कात्तिक १७ गते रिलिज गर्ने तयारी थियो । फिल्मको प्रदर्शन मिति परिवर्तन भएसँगै ‘ल्याङ ल्याङ’ बोलको गीतको भिडियो पनि सार्वजनिक गरिएको छ । अडियोमा यो गीत हिट भैसकेको छ, यो गीतको केही कभर भिडियो पनि निर्माण भैसकेको छ । अब भने ओर्जिनल भिडियो हेर्नुस् :

सहिमा श्रेष्ठ र सुनिल पाण्डेको स्वर, सुनिलकै संगीत रहेको यो गीतको भिडियोमा गम्भिर बिष्टले यो भिडियोको कोरियोग्राफी गरेका हुन् । गीतको भिडियोमा नायिका अशिष्मा नकर्मी र नायक संजोग कोइरालालाई अतिथी कलाकारको रुपमा फिचरिङ गरिएको छ । साथमा, फिल्मका मुख्य कलाकार हसन र ओसिमालाइ पनि गीतको भिडियोमा देख्न सकिन्छ । फिल्ममा भने हसनराज, मेलिना मानन्धर, नीशा अधिकारी, ओसिमा बनु, विष्णु प्रतापको मुख्य भूमिका छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha