शिव परियारको बर्षौं भो छोडेको (भिडियो)

गायक तथा संगीतकार शिव परियारको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । गीतकार तथा कवि श्वेता मैनालीको शब्दमा रहेको ‘बर्षौं भो छोडेको’ बोलको गीतको भिडियो दशैँको शुभ मुहर्त पारेर सार्वजनिक भएको हो । भिडियो यस्तो :

मैनालीको शब्द रचनामा गत वर्ष सार्वजनिक भएको ’नभेटी नभेटी’को भाग दुईको रुपमा यो गीत ल्याईएको हो । यस गीतमा नेपालबाट आफु तथा आफ्नो परिवारको सुखद भबिष्यका लागि विदेशिने लाखौं नेपाली युवाहरुको जीवन कथा, आफ्नो परिवार प्रतिको माया प्रेम अनि सम्झना र पीडाले सताइरहने दैनिकीलाई उतारिएको छ । ब्रायन राईको निर्देशन तथा छायांकनमा बनेको गीतको भिडियोमा नेपाली रंगमञ्च क्षेत्रका सुलक्षण भारती तथा केनिपा सिंहको जिवन्त अभिनय रहेको छ । यस गीतमा बिनय कंसाकारको सम्पादन रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha