मिस युनिभर्समा पहिलो पटक नगमा जाँदै

सन् २०१२ की मिस नेपाल अर्थ नगमा श्रेष्ठ पहिलो मिस नेपाल युनिभर्स घोषित भएकी छिन् । शुक्रबार द् हिडेन ट्रेजरका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिले नगमलाई शिरमा ताज लगाईदिदैं मिस नेपाल युनिभर्सको घोषणा गरेका हुन् । नगमाले पहिलो पटक नेपालको प्रतिनिधत्व गर्दै अमेरिका स्थित लास भेगासमा आउँदो नोभेम्बरमा आयोजना हुने ६६ औ मिस युनिभर्समा सहभागीता जनाउँनेछिन् ।


पछिल्लो समय सन् २०१७ को मिस नेपालको आयोजना भएसंगै द हिडेन ट्रेजरले नेपालबाटै मिस युनिभर्समा सहभागी हुन् पाउने अधिकार पाएपछि सन् २०१२ कि मिस नेपाल अर्थ समेत रहेकी नग्मालाई उक्त टाइटल दिदै मिस युनिभर्समा पठाउने निर्णय गरिएको हो । मिस युनिभर्समा सहभागी हुन् पाउँदा निकै खुसी लागेको र आफुले पाएको जिम्मेवारीलाई पुरा गर्न कही कतै कसर बाकि नराख्ने नग्माले बताइन् । उनी कार्यक्रममा सहभागी हुन नोभेम्बर ५ मा अमेरिका उड्ने छिन् । नगमा आफ्नै पहलमा नेपाल सुन्दरी मिस युनिभर्ससम्म पुग्न सफल भएकी हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha