जीवन बिताउँने कसम खाँदै रेखा र आर्यन

कात्तिक २ गते, लक्ष्मीपूजादेखि प्रदर्शनमा आउने रेखा थापा र आर्यन सिग्देल स्टारर फिल्म ‘रुद्रप्रिया’ को नयाँ रोमान्टिक गीत रिलिज भएको छ । अर्जुन पोखरेलेको संगीतमा संगीता शर्माको शब्द रहेको गीतमा सनुप पौडेल र अञ्जु पन्तको स्वर छ । प्रविण सिंहको कोरियोग्राफी रहेको तिमी बाहेक अरु बोलको गीतलाई संकल्प भूजेलले खिचेका हुन् । भिडियो यस्तो बनेको छ :

सुदिप बबी भूपाल सिंह निर्देशित ‘रुद्रप्रिया’ मा रेखा र आर्यन सँगै राजन ईशानको पनि मुख्य भूमिका छ । संजय लामाको छायाँकन रहेको फिल्ममा अर्जुनसँगै सुरेश अधिकारी र राजनराज सिवाकोटीको संगीत रहेको छ । फिल्ममा रमेश एमके पौडेल र सरस्वती थापा निर्माताको रुपमा रहेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha