‘छक्का पञ्जा २’ लाई सर्वाधिक २६ शो, बुकिङ खुल्यो

बहुप्रतिक्षित फल्म ‘छक्का पञ्जा २’ ले मल्टिप्लेक्स हलमा सर्वाधिक शो संख्या पाएको छ । असोज ११ गते, फूलपातीदेखि प्रदर्शनमा आउने यो मल्टीस्टारर फिल्मले राजधानीका क्युएफएक्स अन्र्तगतका हलहरुमा मात्रै  २६ शो पाएको छ । दिपाश्री निरौला निर्देशित फिल्मले क्युएफएक्समा नेपाली फिल्महरुमध्ये सर्वाधिक शो पाएको हो ।

लविम मल, सिभिल मल, कुमारी र जय नेपालमा छक्का पञ्जा २ को बुकिंग समेत खुला गरिएको छ । दर्शकले टिकट बुक गर्ने क्रम जारी छ । फिल्ममा दिपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, शिवहरी पौडेल, किरण केसी, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरुप पुरुष ढकाल लगायत कलाकारहरुको अभिनय रहेको छ । स्वस्तिमा र बर्षाको ब्यागमा के छ ? उनीहरुसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha