गिलास रित्तिएपछि सलोन, अशिष्मा र आमेश यसो गरे

लोकपछि फिल्म ‘मेला’ मा समावेश एक पार्टी गीत रिलिज गरिएको छ । दशैंको अवसर पारेर सार्वजनिक गरिएको गीतमा गिलास रित्तिएको कुरा गरिएको छ । राज राधिका इन्टरटेन्मेन्टको प्रस्तुतीमा तयार भएको फिल्म ‘मेला’ को ‘खाली हुँदै गयो गिलास’ बोलको गीतको भिडियो रिलिज गरिएको हो । भिडियो यस्तो छ :

अर्जुन पोखरेलको शब्द तथा संगीतमा तयार भएको यो गीतमा विक्रम राई र शशी रावलको स्वर छ । भिडियोमा मेला का मुख्य तीन कलाकार सलोन बस्नेत, आमेष भण्डारी र अशिष्मा नकर्मीलाई फिचरिङ गरिएको छ । कोरियोग्राफी पवित्रा आचार्यको छ । छायाँकार दिव्य सुवेदी हुन् । हरि पन्तको प्रस्तुतीमा तयार भएको यो फिल्मका निर्माता मनोज के मरोडिया हुन् । बसन्त निरौला निर्देशित मेला फिल्म कात्तिक २४ गतेबाट रिलिज हुनेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha