‘अनुराग’ मा धमला पत्नीसँग रोमान्स गर्दै पल

ऋषि धमला पत्नी एलिजा गौतमको लगानी तथा अभिनय रहने फिल्म ‘अनुराग’ मा नायक पल शाह अनुबन्धित भएका छन् । पल र फिल्म निर्माण कम्पनी एरिका फिल्मस् प्रोडक्सन कम्पनीबिच सोमबार सम्झौता हुने निर्मात्री तथा नायिका गौतमले जानकारी दिइन् । कसरी राजी भए त धमला पत्नी गौतमसँग पल स्क्रिन सेयर गर्न ?


‘सबै कुरा मन पर्यो भन्नु पर्यो’, पलले भने, ‘विशेष गरी मलाई स्क्रिप्ट मन पर्यो । पारिश्रमिक पनि चित्तबुझ्दो नै भयो ।’ बुझिए अनुसार पलले अनुरागबाट १८ लाख पारिश्रमिक रकम लिएका छन् । सत्यराज चौंलागाईंले निर्देशन गर्ने फिल्मको छठदेखि छायाँकन सुरु हुँदैछ । यसअघि नायकको रुपमा मोडल दीपक घिमिरे अनुबन्धित भएका थिए । उनी अहिले फिल्मबाट बाहिरिएका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha