गृह जिल्ला पुगेर कोमल ओलीले गरिन् एमाले प्रवेश

अन्ततः कोमल ओलीले राप्रपा परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गरेकी छिन् । सोमबार गृह जिल्ला दाङ पुगेर एमाले उपाध्यक्ष बामदेव गौतमको हातबाट अविर र माला लगाएर कोमल एमाले प्रवेश गरेकी हुन् । उनी कमल थापा नेतृत्वको राप्रपाको सह-प्रवत्ता थिइन् ।


रेडियो नेपालमा कार्यरत हुंदादेखि नै राजावादी भनेर चिनिएकी कोमल ओली यसै बर्ष रेडियो नेपालको जागिर छोडेर राप्रपा प्रवेश गरेकी थिइन् । ओलीले राप्रपा महाधिवेशनमा खुला तर्फ केन्द्रिय सदस्यमा उठेर शानदार जित समेत हात पारेकी थिइन् । तर पार्टी विभाजन भएसँगै उनी असन्तुष्ट थिइन् । गृह जिल्ला क्षेत्र नं ३ बाट प्रदेश चुनावमा उठ्ने घोषणा सहित कोमल एमाले प्रवेश गरेकी हुन् । तस्बिर : भिजन संसार डटकम

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha