‘ह्याप्पी डेज’मा ‘चेप्टे चेप्टे पेरुङ्गो’ बोक्दै दया र दीया

सर्वाधिक हिट लोक लयका गीतहरु दिएका संगीतकार राजनराज सिवाकोटीको अर्को रमाईलो गीत लोक गीत रिलिज भएको छ । फिल्म ‘ह्याप्पी डेज’ मा समावेश ‘चेप्टे चेप्टे पेरुङ्गो’ बोलको गीतलाई दर्शक तथा श्रोताले मन पराउने आशा राख्न सकिन्छ । संगीतकार सिवाकोटी र अञ्जु पन्तको स्वर रहेको गीतका शब्द सरल र चलनचल्तीका छन् । कविराज गहतराजको कोरियोग्राफीमा दयाहाङ राई र दिया पुनले यसरी कम्मर कर्माएका छन् । हेुर्नुस् भिडियो :

मिलन चाम्सको निर्माण तथा निर्देशन रहेको ‘ह्याप्पी डेज’ मा दयाहाङ सँगै नायिका प्रियंका कार्की, नायक संजय गुप्ता र नव नायका विक्की जोशीको मुख्य भूमिका रहेको छ । विपी खनालको प्रस्तुती रहेको ‘ह्याप्पी डेज’ माघ १२ गतेदेखि अल नेपाल प्रदर्शनमा आउँदैछ । फिल्ममा भवानी शर्मा, हिराल जोशी र निर्देशक चाम्सको संयुक्त लगानी रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha