‘मनदेखि बनाउँनेको फिल्म चल्छ’ : दीपाश्री निरौला

दीपाश्रीले पहिलो पटक निर्देशन गरेको फिल्म ‘छक्का पञ्जा’ ले ऐतिहासिक व्यापार गर्यो । पहिलो ब्याटिङमै दीपाश्रीले छक्का हानिन् । अब दोश्रो खेल सुरु भएको छ । ‘छक्का पञ्जा २’ पनि दीपाश्रीले नै निर्देशन गरेकी छिन्, जुन फिल्म यही असोज ११ गतेदेखि अल नेपाल प्रदर्शनमा आउँदैछ । दीपाश्रीले निर्देशन गरेको दोश्रो फिल्म चाहिं के होला त ? यो रमाईलो भिडियो हेर्नुस :

निर्देशक निरौलाका अनुसार ‘छक्का पञ्जा २’ चल्छ । हुन पनि हो मल्टिप्लेक्समा सर्वाधिक शो पाएको फिल्मको बुकिंग पनि आक्रमक छ । त्यसैले त दीपाश्री भन्छिन्, ‘मनदेखि जसले चलचित्र बनाउँछ उसको चलचित्र चल्छ ।’ फिल्ममा दिपकराज गिरी, प्रियंका कार्की, जिुत नेपाल, केदार घिमिरे, शिवहरी पौडेल, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरुप पुरुष ढकाल लगायत कलाकारहरुको अभिनय रहेको छ । दिपक र दीपासँग निर्माता विकास आचार्यले पनि फिल्म निर्माणमा सहकार्य गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha