‘म यस्तो गीत गाउँछु’ को ‘भन्छु आज’लाई एक करोड

फिल्म ‘म यस्तो गीत गाउँछु’ को शिर्ष गीतको भिडियोलाई युटुवमा एक करोड भन्दा बढी पटक हेरिएको छ । अर्जुन पोखरेलेको संगीत रहेको ‘भन्छु आज’ लाई गत अप्रिल महिनाको अन्तिममा अपलोड गरिएको थियो । सेप्टेम्वरको अन्तिमसम्म आउँदा भिडियोलाई एक करोड भ्युज मिलेको हो । सुदर्शन थापाको शब्द रहेको गीतमा सुगम पोखरेल र अञ्जु पन्तको सुमधुर स्वर छ । पूजा शर्मा र पल शाह फिचरिंग गीतको भिडियो हेर्नुस् :

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा कलाकारको प्रस्तुती, सुन्दर दृश्य आकर्षक कस्ट्युम लोभलाग्दो छन् । पल र पूजाको कस्ट्युम विश्व गौतमले तयार गरेका हुन् । सम्भवतः फिल्ममा समावेश रोमान्टिक गीतमा ‘भन्छु आज’ले युटुवमा पहिलो पटक एक करोड भ्युज पाएको हो । सुदर्शन र पूजाले निर्माण गरेको म यस्तो गीत गाउँछुले व्यापारिक सफलता हात पार्यो । यही टिमले ‘म यस्तो गीत गाउँछु २’ निर्माणको घोषणा गरिसकेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha