दर्जन बढी हलबाट ‘मेरो पैसा खै’ प्रदर्शन

सौगात मल्ल, बर्षा राउत, बुद्धि तामांग, छुल्ठिम गुरुंग रविन तामांग लगायत कलाकारहरुको अभिनय रहेको फिल्म ‘मेरो पैसा खै’ राजधानीका दर्जन बढी हलहरुबाट प्रदर्शनमा आएको छ । रोज राणाको निर्माण तथा निर्देशन रहेको यो फिल्म मोफसलमा भने असोज २० गतेदेखि रिलिज हुनेछ ।


यस्तै रिलिजको पुर्व सन्ध्यामा ‘मेरो पैसा खै’ को विशेष शोको आयोजना गरिएको थियो । मंगलबार चावाहिलस्थित गोपिकृष्ण हलमा आयोजना गरिएको फिल्मको विशेष शोमा फिल्म युनिट र केही फिल्मकर्मीहरु उपस्थिति थिए । विशेष शोमा विशेष गरी फिल्मको कमेडी पक्षलाई रुचाइएको छ भने सौगात मल्ल र बर्षा राउतको भूमिकाको तारिफ गरिएको छ । ‘मेरो पैसा खै’ को प्रोमो हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha