‘छक्का पञ्जा २’ ले इतिहास दोहोर्याउला ?

नेपाली फिल्म क्षेत्रमा सर्वाधिक कमाई गर्ने फिल्मको रुपमा इतिहास कायम गरेको फिल्म ‘छक्का पञ्जा’ को सिक्वेल असोज ११ गते फूलपातीको अवसर पारेर देशका झण्डै एक सय बढी हलहरुबाट प्रदर्शनमा आएको छ । नेपाल प्रदर्शनमा १७ करोडको व्यापार गरेको ‘छक्का पञ्जा’को सिक्वेल ‘छक्का पञ्जा २’ ले के इतिहास दोहोर्याउला ? प्रतिक्षा गरौं ।

जे भएपछि दिपाश्री निरौला निर्देशित ‘छक्का पञ्जा २’ ले संकेत भने शुभ देखाएको छ । एक सय बढी हलहरु पाएको ‘छक्का पञ्जा २’ को मल्टिप्लेक्सका बुधबारका सम्पूर्ण शोहरु शोल्ड आउट भएका छन् । यसले राजधानीका क्युएफएक्कस मल्टिप्लेक्समा सर्वाधिक २४ वटा शोहरु पाएको छ । कथा सस्पेन्स राखिएको फिल्ममा दिपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, शिवहरी पौडेल, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरुप पुरुष ढकाल लगायत कलाकारहरुको अभिनय रहेको छ । फिल्म निर्माणमा दिपक र दीपासँग विकास आचार्यले पनि सहकार्य गरेका छन् । यो रमाईलो भिडियो हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha