‘छक्का पञ्जा २’ आक्रमक सुरुवात (फोटो र भिडियो)

फिल्म ‘छक्का पञ्जा २’ ले बम्परको ओपनिंग गरेको छ । एक सय बढी हलहरुबाट प्रदर्शनमा आएको यो बहुप्रतिक्षित फिल्मले प्रदर्शनरत मध्यान्ह् सम्मका सम्पूर्ण हलहरुमा हाउसफूलको व्यापार गरिरहेको छ । यो रमाईलो हल रिपोर्ट हेर्नुस् :

राजधानीका गोपी, अष्ट, गुण, बाराही लगायत हलहरुमा ‘छक्का पञ्जा २’ को चार वटा पर्दा समेत फूल भएका छन् । मल्टिप्लेक्समा बुधबार दिनभरी टिकेट बुक भैसकेको छ । निर्देशक दिपाश्री निरौला, नायिका प्रियंका कार्की, नायक आयुष्मान देशराज, स्वरुप पुरुष ढकाल, कलाकारहरु जितु नेपाल, केदार घिमिरे, निर्माता विकास आचार्य लगायत ‘छक्का पञ्जा २’ को टोली चावाहिलको गोपिकृष्ण हलको बिहानी शोमा पुगेका थिए । उनीहरुले दर्शकसँगै बसेर फिल्म हेरे अनि प्रतिक्रिया लिए । दर्शकको प्रतिक्रियाले दीपा र प्रियंका भावुक हुँदै आँखाबाट आँसु झारे ।

यस्तै नायक आयुष्मान देशराजले प्रेमिका प्रियंकालाई दर्शकको माझमा जुरुक्कै उचाले । आयुष्मानको काँधमा बसेर प्रियंकाले दर्शकलाई अभिवादन गरिन् । यी सहित दिपकराज गिरी, बर्षा राउत, स्वस्तिमा खड्का, किरण केसी लगायत कलाकारहरुको रहेको फिल्मलाई दर्शकले रुचाएका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha