निशा अधिकारीको ‘झ्यानाकुटी’ मा यति रमाईलो गीत

नायिका निशा अधिकारीले निर्माण गरेको फिल्म ‘झ्यानाकुटी’ को पहिलो गीति भिडियो रिलिज भएको छ । ‘तिमीलाई सानी’ बोलको गीतको भिडियो निकै नै रमाईलो छ । सनिस सुनुवारको संगीत तथा शब्द रहेको गीतमा धमेन्द्र सेवन र मारुती भण्डारीको स्वर छ । निर्देशक सुनुवार र निर्मात्री अधिकारीको संयुक्त कोरियोग्राफी रहेको भिडियोमाम सौगात मल्ल र वेनिशा हमाल फिचरिङ छन् । भिडियो :

कमेडी फिल्म ‘झ्यानाकुटी’ का मुख्य पात्रहरु सौगात र वेनिशा हुन् । निशा अधिकारी भने यस फिल्ममा निर्मात्री र निर्देशन सहयोगीको रुपमा मात्रै आवद्ध छिन् । हरी हुँमागाईंको छायाँकन रहेको फिल्मलाई निर्देशक सुनुवारले सम्पादन गर्दैछन् । ‘झ्यानाकुटी’ मंसिर १७ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha