‘छक्का पञ्जा २’ ले बनायो नयाँ रेकर्ड

फिल्म ‘छक्का पञ्जा २’ ले एक दिने व्यापारमा नयाँ रेकर्ड कायम गरेको छ । यो बहुप्रतिक्षित फिल्मले प्रदर्शनको पहिलो दिन असोज ११ गते अल नेपालबाट झण्डै डेढ करोड व्यापार गर्दै सर्वाधिक एक दिने कमाई गर्ने फिल्ममा आफ्नो नाम लेखाएको हो । निर्माता, वितरक तथा हलवा प्राप्त जानकारी अनुसार ‘छक्का पञ्जा २’ ले दुई दिनमा देशभरबाट झण्डै तीन करोड नजिकको व्यापार गरेको छ ।

प्राप्त जानकारी अनुासर ‘छक्का पञ्जा २’ ले मोफसलबाट मात्रै दुई दिनमा करिब डेढ करोडको व्यापार गरेको छ । प्रदर्शनको तेश्रो दिन महानवीको दिनमा पनि फिल्म हेर्न दर्शकको घुइँचो उत्तिकै छ । टिकाको दिनदेखि हलमा दर्शकको भिड थामिनसक्नु हुने अनुमान गरिएको छ । दिपाश्री निरौला निर्देशित फिल्म ‘छक्का पञ्जा २’ मा दिपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, शिवहरी पौडेल, बर्षा राउत, स्वस्तिमा खडका, स्वरुप पुरुष ढकाल लगायतको अभिनय छ । हल रिपोर्ट हेर्नुस् :

यसअघि नेपाली फिल्म बजारमा हिन्दी फिल्म ‘बाहुबली’ले सर्वाधिक एक दिने ग्रसर फिल्ममा आफ्नो नाम लेखाएको थियो । यस्तै नेपाली फिल्महरु ‘लुट २’ र ‘२ रुपैयाँ’ले एक दिने कलेक्सनमा रेकर्ड बनाएका थिए । तर ब्लकबस्टर फिल्म ‘छक्का पञ्जा’ले यसअघिका फिल्महरुले बनाएको रेकर्ड तोड्दै आफ्नो नाममा नयाँ रेकर्ड बनाएको हो । रमाईलो कुराकानी हेर्नुस :

अब के आफ्नै नाममा रहेको सर्वाधिक ग्रसर १७ करोडको रेकर्ड चाहिं छक्का पञ्जा २ ले तोड्ला त ? ‘यही रफ्तारमा व्यापार गर्यो भने छक्का पञ्जाको रेकर्ड तोड्छ’, फिल्मका जानकारहरु यसै भन्छन् । सर्वाधिक ग्रसर फिल्मको रेकर्ड ‘छक्का पञ्जा’को नाममा छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha