सेलिव्रेटीको टिका (फोटो तथा भिडियो)

वर्ष ०७४ को बडादशैं सेलिव्रेटीहरुले हर्षोल्लासका साथ मनाएका छन् । विशेषगरी टिकाको दिनको तस्बिरहरु उनीहरुले सामाजिक सञ्जालमा अपलोड गरेका छन् । देश तथा विदेशमा रहेका सेलिव्रेटीले टिका लगाएको तस्बिर तथा भिडियोलाई हामीले यहाँ प्रस्तुत गरेका छौं :

पिताको हातबाट टिका लगाउँदै नायिका श्वेता खड्का (भिडियो)

टिकापछि श्रीमती, छोरा र बुहारीसँग बरिष्ठ कलाकार हरिवंश आचार्य ।

टिकापछि श्रीमान विनोद मानान्धर र छोरी कवितासँग करिश्मा ।

आमाको हातबाट टिका लगाउँदै नायिका रेखा थापा ।

टिकापछि पारिवारीक तस्बिर खिचाउँदै  नायक आर्यन सिग्देल ।

टिकापछि सामुहिक तस्बिर खिचाउँदै नायिका झरना थापा परिवार ।

परिवारसँग कलाकार दिपकराज गिरीको विफी ।

आमाको हातबाट टिका ग्रहण गर्दै कलाकार जितु नेपाल ।

आमासँग विफी खिच्दै कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ ।

टिकापछि पितालाई ढोग गर्दै अमेरिकामा रहेका नायक राजवल्लभ कोईराला ।

पिता भुवन केसीबाट टिका ग्रहण गर्दै नायक अनमोल केसी ।

पत्नी संचिता लुईंटेललाई टिका लगाउँदै नायक निखिल उप्रेती ।

टिकापछि परिवारसँग तस्बिर खिचाउँदै नायिका नम्रता श्रेष्ठ ।

आमा र बुवाबाट दक्षिणा ग्रहण गर्दै नायिका प्रियंका कार्की ।

टिकापछि छोरीको साथमा तस्बिर खिचाउँदै धुर्मुस र सुन्तलीको जोडी ।

टिकापछि आमासँग नायक आशिरमान देशराज जोशी ।

टिकापछि आमा र बुवासँग नायिका श्वेता खड्का ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha